सप्तरी । शम्भुनाथ मन्दिर अगाडि बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ ।
आज बिहान सप्तरी जिल्लकै शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिर अगाडि बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा एम्बुलेन्स चालक सिरहा सुखिपुर बस्ने ५० वर्षीय छेदीलाल कामत रहेको छ । उनको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरित दिशातर्फ आउँदै गरेको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । घटना लगत्तै बस चालक फरार भएकाले खोजतलास जारी रहेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।