विश्वको सबैभन्दा ठूलो चिनियाँ बैंकमा साइबर हमला, पूरै सिस्टम नै ह्याकरको कब्जामा !

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो चिनियाँ बैंकमाथि साइबर हमला भएको छ । चीनको इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना (आइसीबिसी)को अमेरिकी डिभिजनमा हमला साइबर हमला भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अचानक साइबर हमला भएपछि बैंकले गरेका कारोबारहरु ‘पेन ड्राइभ’को प्रयोग गरी राफसाफ गरिएको छ । तर, बैंकको सेटलमेन्ट सिस्टमबाट ठूलो संख्यामा अमेरिकी ट्रेजरी राफसाफ हुन नसकेको ब्लुमबर्गले जनाएको छ । ब्लुमबर्गका अनुसार आइसीबिसीको अमेरिकी डिभिजनमा भएको साइबर हमलामा रुससँग सम्बन्धित ‘लकबिट ग्यांग’संलग्न भएको अनुमान गरिएको छ।

‘लकबिट ग्यांग’यसअघि बोइङ कम्पनी, आइओएन ट्रेडिङ युके र युकेको रोयल मेलमा भएको साइबर हमलामा पनि संलग्न रहेको आशंका गरिएको थियो।

विश्वकै सबैभन्दा ठूलो बैंकमा साइबर हमला भएपछि क्लिरियरिङमा पहुँच सुचारु हुने अनिश्चितताका कारण बजार निर्माता, ब्रोकरेज र बैंकहरु कारोबार अर्कै रुटमा लैजान बाध्य भएका थिए । बैंकमा भएको साइबर हमलापछि बैंकको चीनस्थित हेड अफिसमा आकस्मिक बैठक गरिएको थियो । जहाँ नियामकहरुलाई पनि घटनाको जानकारी गराउँदै प्रभाव मूल्यांकन र आगामी कदमका बारेमा छलफल गरिएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.