वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडाध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ।

अख्तियारले रुपन्देहीको रोहिणी गाउँपालिका-२ का वडाध्यक्ष सरोजकुमार पाण्डे र उनीविरुद्ध घुस मागेको उजुरी गर्ने निवेदक श्यामबचन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजिकरण गरिदिएको भनी आफूसँग घुस मागेको भन्दै यादवले उजुरी गरेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले केही दिन अघि उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.