रेल्वे ट्र्याकमा उभिएर भिडियो खिचाउनेको गयो ज्यान

मध्यप्रदेश : सामाजिक सञ्जालमा भाइरल बन्न अहिलेका पुस्ता जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन्। जसका कारण उनीहरुको अकालमै मृ्त्युसमेत हुने गर्छ।

भारतको मध्यप्रदेशमा एउटा यस्तै घटना घटेको छ। समाजिक सञ्जालमा भाइरल बन्न दुई युवा रेलवे ट्र्याकमा भिडियो बनाउने क्रममा एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रहरीका अनुसार पथरौटा थानामा एक युवाले तीव्र गतिमा आइरहेका ट्रेन छेउँमा उभिएर भिडियो बाइरहेका थिए। सोही क्रममा ती युवकको टाउको ट्रेन छोएको बताइएको छ।

उनलाई तत्कालै अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। उक्त भिडियो समाजिक सञ्जालमासमेत भाइरल बनेको छ। प्रहरीले त्यस्ता ठाउँमा भिडियो बनाउनेहरुलाई निगरानीमा राख्न थालेको बताइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.