राष्ट्रिय एकता अभियानद्वारा सिरहामा साधुसन्तमाथि भएको घटनाप्रति घोर भर्त्सना

काठमाडौं । राष्ट्रिय एकता अभियानको सिरहा जिल्लाको कर्जनहा नगरपालिका वडा नं. १ मा अवस्थित हनुमान मन्दिरमा रहेका महन्थहरुमाथि भएको निर्घात कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कर्जनहा नगरपालिका वडा नं. १ नन्दबाबा कुट्टी धर्मको धरोहर बन्दीपुरदेखि उत्तर जाने बाटोमा अवस्थित उक्त मन्दिरमा बस्ने महन्थ लक्ष्मी नारायण यादव दास (बाबा), रामकुमार महतो दास (बाबा) लगायत १५ जना साधुसन्तहरुमाथि सोही वडाका वडाध्यक्ष मोहन केसीको नेतृत्वमा गएको समूहले निर्घात कुटपिट गरेको घटनाको अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ती साधुसन्तहरु जग्गाको सिफारिस लिन वडा कार्यालयमा जाँदा वडाध्यक्षले सिफारिस दिएबापत घुस मागेका थिए । तर साधुसन्तहरुले घुस नदिने बताएपछि वडाध्यक्षले विभिन्न काण्डामा फसाइ दिने धम्की दिएका थिए ।वडा अध्यक्ष केसीले जग्गाको सिफारिस दिएबापत एक कठ्ठा जग्गा तथा २५ लाख घुस मागेका थिए । घुसकै विषयलाई लिएर ती साधुसन्त तथा वडाध्यक्षबीच विवाद हुँदा वडाध्यक्षले बल प्रयोग गरेका थिए ।

शुक्रबार नाग पञ्चमीको दिन सो मन्दिरमा वडाध्यक्ष केसीको नेतृत्वमा १५० जना जतिको समुहमा आएको हुलले साधुसन्तहरुमाथि निर्घात कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । अभियानले साधुसन्तमाथि कुटपिट गर्ने वडाध्यक्ष केसी नेतृत्वको समूहलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग समेत गरेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.