राष्ट्रपति र प्रधानमन्त्रीलाई फेसबुकमा ‘अश्लिल’ गाली गर्ने पक्राउ

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई फेसबुकमार्फत अश्लिल शव्द प्रयोग गरी गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पोखरा १९ पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो।

राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल शव्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको भन्दै बास्तोला विरुद्ध पोखराका शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए। उनीहरु नेकपाका संगठन सम्वद्ध व्यक्तिहरु हुन्।

उजुरी आएपछि अनुसन्धान गर्न पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए। ‘साइबर क्राइमको उजुरी आएपछि हामीले साइबर अपराध हेर्ने विभागमा पठायौं, एसपी श्रेष्ठले भने, ‘पुर्जी लिएर आज पक्राउ गरेका छौं, अनुसन्धानका लागि पनि माथि नै पठाउँछौं।’

बास्तोलाले लेखेको स्टाटस भने अहिले मेटेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.