मन्त्रिपरिषद्को निर्णय : निषेधसम्बन्धी सबै अधिकार सीडीओलाई, जुलुस, धर्ना र विरोध प्रदर्शनमा रोक

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक पर्ने निषेधसम्बन्धी निर्णय गर्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई दिने निर्णय गरेको छ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार यस्तो निर्णय गरिएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताइन्।

सरकारले अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा पनि रोक लगाउने निर्णय गरेको छ। त्यस्तै, विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय सरकारले गरेको छ।

पार्टी प्यालेस र ठूला होटलमा यीलगायतका गतिविधि गर्दा कूल क्षमताको एकतिहाईभन्दा बढी संख्या उपस्थित गराउन नपाइने, रंगशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक संख्या कूल क्षमताको एकतिहाई मात्र हुनुपर्ने निर्णय पनि सरकारले गरेको छ।

सिनेमा हल र डान्सबारलगायतका रात्रिकालीन व्यवसाय पहिलो चरणमा आउँदो माघ १५ सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा एकतिहाई मात्र प्रवेश गराउने निर्णय सरकारले गरेको छ।

आउँदो माघ १५ सम्म सबै स्कूल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन पनि बन्द गर्ने निर्णय गरेको मन्त्री झाँक्रीले जानकारी दिइन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.