राउटे युवतीमाथि यौनहिंसा गर्ने तीनै जना जेल चलान

काठमाडौं । राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै उनीहरूलाई थुनामा लिइसकिएको छ । प्रहरीले उनीहरूलाई जेठ २३ गते पक्राउ गरेको थियो।

मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौनहिंसा भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए। यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए। अहिले उनीहरू त्यो ठाउँबाट सल्यानको कालिमाटी गाउँपालिकामा बसाइँ सरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.