मुम्बई आतंकी हमलाको मास्टरमाईन्डलाई चीनको बलियो साथ

एजेन्सी । पाकिस्तानी आतङ्कीमाथि प्रतिबन्धको भारतीय-अमेरिकी संयुक्त प्रयासलाई चीनल रोकेको छ।

भारत र अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पाकिस्तानी आतङ्की अब्दुल रहमान मक्कीलाई वैश्विक आतङ्की घोषित गर्ने प्रस्ताव प्रस्तुत गरेको थियो तर चीनले आफ्नो भिटो पावरको प्रयोग गर्दै यस प्रस्तावलाई रोकेको छ। यस प्रकार चीनले एक पल्ट फेरि आतङ्कवादमा पाकिस्तानको साथ दिँदै भारत र अमेरिकाको प्रयासहरूमा बाधा उत्पन्न गरेको छ।

भारत र अमेरिकाको तर्फबाट संयुक्त राष्ट्र सुरक्षा परिषदको अल-कायदा प्रतिबन्ध समिति अन्तर्गत पाकिस्तान स्थित आतङ्कवादी अब्दुल रहमान मक्कीलाई विश्वव्यापी आतङ्की घोषित गर्नका लागि प्रस्ताव ल्याइएको थियो।

मक्की मुम्बईको चर्चित आतङ्की हमलाको मास्टर माइन्ड र लश्कर ए तैयबाको प्रमुख हाजिफ सईदको सालो हो। त्यसमाथि बीस लाख डलरको पुरस्कार छ र त्यसलाई जमानत-उद-दावाको प्रमुखको प्रभार पनि दिइएको छ। मक्कीलाई वैश्विक आतङ्की घोषित गर्ने भारत र अमेरिकाको संयुक्त प्रस्तावमा चीनले अन्तिम समयमा बाधा खड़ा गरेको छ।

सुरक्षा परिषदका पाँच स्थायी सदस्य अमेरिका, ब्रिटेन, चीन, फ्रान्स र रूससित वीटोको अधिकार छ। यसमध्ये कुनै एकले पनि परिषदको कुनै प्रस्तावको विपक्षमा भोट हाले त्यो प्रस्ताव पारित हुँदैन। चीनले यही भिटोको प्रयोग गर्दै मक्कीलाई वैश्विक आतङ्की घोषित गर्ने प्रस्तावलाई रोकेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.