माफी माग्यो जी न्युजले, भन्यो- सगरमाथा नेपालकै हो, नेपालबाट कसैले खोस्न सक्दैन

काठमाडौँ । भारतको टेलिभिजन च्यानल जी न्युजले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर माफी मागेका छन्।

बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै माफी मागेका हुन्।

उनले सरकार फेरी रहने तर दुई देशको नागरिकबीचको सम्बन्ध संधै हार्दिकता हुनुपर्ने बताउदै आफ्नो अभिव्यक्तिले नेपालीलाई ठेस पुर्याएकाले आफुले मागी मागेको बताएका छन्।

उनले भनेका छन्, माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले खोस्न सक्दैन, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’

उनले आफुले माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न नखोजेको र माउन्ट एभरेस्ट नेपालकै भएको र नेपालकै रहने स्पष्ट पारेका छन्।

बुधबारको संस्करणमा आफ्नो बारे छापिएको नयाँपत्रिका दैनिक हातमा लिदै बोलेका थिए ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका उनको सगरमाथा आधार शिविरको रिपोर्टिङ निकै विवादित बनेको थियो।

नेपाली मिडिया र सामाजिक संजाल बुधबार दिउँसोभर जी न्यूजविरुद्ध र जी न्युजलाई जोडेर प्रधानमन्त्री ओलीको समेत बिरोध भएको थियो। आइतबार सगरमाथा आधार शिविरमै हेलिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रिपोर्टिङ गरेका थिए ।बिजपाटीबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.