भारतीय सांस्कृतिक सम्बन्ध परिषद् स्थापना दिवस मनाइयो

काठमाडौं । ७३औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीआरआर) स्थापना दिवस बुधबार मनाइएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासअन्तर्गत रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले दूतावासमा एक कार्यक्रमको आयोजना गरी ७३ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीआरआर) स्थापना दिवस मनाएको हो ।

आईसीआरआरका एलम्नाईबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ आयोजित सो कार्यक्रम जारी ‘इन्डियाएट ७५ आजादीका अमृत महोत्सव’ को एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ ।

दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतमा अध्ययन गर्न छात्रवृत्तिमार्फत आईसीआरआरले भारत र नेपालका नागरिकबीच मित्रभावको निर्माण गर्नुका साथै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताए ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारहरूले विभिन्न शास्त्रीय राग झल्किने सांगीतिक प्रस्तुति प्रस्तुत गरे । साथै, चर्चित संगीतकर्मी एवम आईसीआरआर एलम्नाईद्वय हरीप्रसाद पौड्याल (बाँसुरी) र यात्रीराज अधिकारी (भायोलिन) ले जुगलबन्दी प्रस्तुत गरे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.