भारतीय पूर्व सैनिकहरुद्वारा भूकम्प प्रभावितका लागि आवश्यक सामाग्री हस्तान्तरण

काठमाडौं । संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले भूकम्प पीडितहरुको लागि राहत सामाग्री सहयाेग स्वरूप हस्तान्तरण गरेका छन्।

विहिवार उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुग्ने उद्देश्यले करिव १० लाख बराबर आवश्यक औषधी जिल्ला अस्पताल जाजरकोटका मेडिकल प्रमुख प्रतिक्षा भारतीलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, भूकम्प प्रभावितहरूको लागि करिव ५ लाख बराबरको खाद्यान्न प्रमुख जिल्ला अधिकारी मनोहर सुनारलाई प्रदान गरेका हुन् । जसमा २७५ काटुन खाद्यान्न र २९ काटुन औषधी रहेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.