भारतीय अनुदानमा निर्माण हुन लागेकाे फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुकाे खुम्बु पासाङ्ल्हामु गाउँपालिकाकास्थित निर्माण हुने फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास गरिएको छ।

गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन आयोजनाको आज शिलान्यास गर्नु भएकाे हाे।

आयोजनाको शिलान्यास गर्दै भारतीय राजदूत श्रीवास्तवले भारतबाट नेपाललाई निरन्तर सहयाेग भइरहने जानकारी दिनुभयाे ।

त्यसैगरी हिजाे शुक्रबार भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुकै महाकुलुङ गाउँपालिकास्थित निर्माण हुने न्गोंगा थेक्चोक चोलिङ ध्यान केन्द्रकाे शिलान्यास भएकाे थियाे ।

सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चार सय ७८ वटा सम्पन्न भइसकेका छन्।

एक निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.