काठमाडौं । भारतले आर्थिक वर्ष २०२३/२४ को लागि बजेट सार्वजनिक गरेको छ । भारतकी वित्तमन्त्री निर्मला शितारमणले बुधबार केन्द्रीय बजेट सार्वजनिक गरेकी हुन् ।
भारत सरकारले ल्याएकाे आफ्नो नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग रकम छुट्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२३/२४ का लागि भारतीय वित्तमन्त्री सीतारमणले ल्याएको बजेटमा नेपाललाई करिब ९ अर्ब सहयोगको घोषणा गरिएको हो । यो बजेटले नेपालका विभिन्न पूर्वाधार विकासमा टेवा पुर्याउने गरेको छ ।
भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग रकम छुट्याएको छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गरेको पिटिआईले जनाएको छ ।