भारतले टिकटकसहित ५९ वटा एपमाथि लगायाे प्रतिवन्ध

एजेन्सी । सीमा क्षेत्रमा चिनीया सेनासँग पटक पटक झडप भएपछि भारतले त्यसको बदलालमा ५९ वटा चिनीयाँ एपहरुमा स्थायी प्रतिवन्ध लगाएको छ ।

भारतले टिकटक, हेलो, वि च्याट, अलिबाबाको यूसी ब्राउजर तथा यूसी न्यूज, सीन, क्लब फ्याक्ट्री, लाइकी, बिगो, लाइभ क्वाई, कल्यास अफ किंग्स, तथा क्याम स्क्यानर जस्ता एपहरुमा प्रतिवन्ध लगाएको हो ।

भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि ऐन अनुसार यी एपहरुमाथि स्थायी प्रतिबन्ध लगाइएको बताइएको छ।

केही समयदेखि अस्थायी प्रतिबन्ध लगाइएको यी एपहरुमाथी अहिले स्थायी प्रतिबन्ध लगाउन सूचना मन्त्रालयले जारी गरेको छ ।

अस्थायी रुपमा प्रतिबन्ध लगाइएकै समयमा भारतले ती एपहरु सञ्चालन गर्ने कम्पनीलाई स्पष्टीकरण मागेको र प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकोले स्थायी रूपमै प्रतिबन्ध लगाएको बताइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.