भारतले अनुदानमा दिन लागेका दुई हेलिकप्टरको सम्झौता गर्न प्रधान सेनापति दिल्ली जाँदै

काठमाडाैं । भारतीय सेनाले नेपाली सेनालाई अनुदानमा दिन लागेको दुई वटा हेलिकप्टरको सम्झौताका लागि नेपाली सेना प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन्।

‘ध्रुव’ नामका दुईवटा एडभान्स लाइट हेलिकोप्टर (एएलएच) को सम्झौताका लागि शर्मा भदौ ७ गते भारत जाने कार्यक्रम छ। ५ दशमलव ५ टनका यी हेलिकोप्टर भारतले सैनिक र सिभिल प्रयोगका लागि मिल्ने गरि डिजाइन गरेको छ।

जुन यसअघि भारतले मौरिसस, मालदिभ्स र इक्वयडरलाई पनि दिएको छ। यो हेलिकोप्टरको मूल्य ७ देखि ९ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ।

यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा नोभेम्बर २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए। त्यसबेला मोदीले एउटा एडभान्स लाइट हेलिकोप्टर अनुदान सहयोग दिएका थिए, जुन हेलिकोप्टर नेपाली सेनाले प्रयोग गर्दै आएको छ।

त्यसअघि २०१३ मा पनि यही दुईवटा हेलिकोप्टर भारतले नेपाली सेनालाई दिएको थियो। नेपाली सेनालाई दुईवटा हेलिकोप्टर दिने सम्झौता भए पनि नेपाल आउन केही महिना लाग्ने भारतीय स्रोतले जनाएको छ।

भदौ ११ सम्म भारतमा रहने शर्माले त्यहाँका सुरक्षा प्रमुख अनिल चौहान र भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गर्नेछन। जनरल अनिल चौहान भारतका दोस्रो सुरक्षा प्रमुख हुन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.