भारतमा नेपाली युवती बेच्न खोज्ने दुई जना पक्राउ

मोरङ। इलाका प्रहरी कार्यालय रानीबाटले मानव बेचविखन कार्यमा सग्लंग रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर १५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ र महानगरपालिका वडा नम्बर १६ बस्ने प्रेम बहादुर मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार उनीहरूले सिन्धुपाल्चोकबाट दुई महिलालाई विराटनगरमा बोलाएर होटेलमा काम लगाइदिने भन्दै भारततर्फ बेच्न लैजाँदै गर्दा पक्राउ गरिएको हो ।

यस घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.