भारतबाट कार चोरेर नेपालमा प्रयोग, नक्कली ब्लुबुक र सर्टिफिकेट बनाउनेहरु प्रहरीको फन्दामा

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले भारतबाट कार चोरी गरी नेपालमा ल्याएर बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ ।

महाशाखाले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको एसएसपी खापुङको भनाइ छ ।

यस्तै, प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । यद्यपि पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन ।

‘काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउनेलाई पक्राउ गरिएको हो, एसएसपी खापुङले भने, ‘उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.