भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

काठमाडौं । नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु सहयोग गरेको छ।

शुक्रबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

भारतले ३ हजार टेन्ट , १० इन्प्लेटिबल रबराईज बोट्स लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेको निरन्तर सहयोगको अपेक्षा गरेको बताए।

भारतीय राजदुत श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकोले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताए। राजदुत श्रीवास्तवले प्राकृतिक विपद्का घटनाको न्यूनिकरणका लागि आगामी दिनमा पनि नेपाल र भारत मिलेर काम गर्ने प्रतिवद्धता जनाए।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणले विपद व्यवस्थापन तथ न्यूनीकरणका लागि नेपाल सरकारले चालेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.