भारतको सहयोगमा मुस्ताङको एक विद्यालयको स्तरोन्नति

काठमाडौँ- भारत सरकारको अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाँउपालिका-३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्यालनाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नति गरिएको भवन उद्घाटन गरिएको छ।

भारतको अनुदान सहयोगमा निर्माण विद्यालयको भवन भारतीय राजदूतावास काठमाडौँका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शुक्रबार उद्घाटन गरेकी हुन्। उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरियो।

‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु २ करोड ६३ लाखको लागतमा यस स्तरोन्नत संरचनाको निर्माण भएको हो।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन्। ती मध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.