भरूवा बन्दुक पड्किएर वनरक्षकको मृत्यु

उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किएर एक जनाकाे मृत्य भएकाे छ।

बुधबार राति बन्दुक पड्किएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वाँस्तोलाको मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

दाहालका अनुसार वाँस्तोला सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक हुन् ।

जंगलमा गस्तीका निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजेतिर कार्यालय ल्याएका थिए ।

वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा उदयपुरको बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किएको उनको भनाइ छ । बन्दुकको छर्राले छात्तीमा लागेपछि वास्तोलाको मृत्यु भएको हाे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.