भरुवा बन्दुकसहित दुई जना पक्राउ

कैलाली । कैलालीको गौरी गङ्गा नगरपालिका–७ का वीरबहादुर थापामगर र इन्द्रबहादुर विकलाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

खुट्टामा गोली लागेर घाइते भएका इन्द्रबहादुर विक स्थानीय स्वास्थ्य संस्थामा उपचाररत रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उनीहरुको साथबाट बुधबार उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँको शिवशङ्कर सामुदायिक वनमा वन्यजन्तुको चोरी सिकारी गर्ने क्रममा वीर बहादुरले बोकेको बन्दुक पड्किन गएर सँगै रहेका इन्द्रबहादुर विक घाइते भएको जनाइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.