बोरिस जोनसन भन्छन्- भारतमा सबै समुदायका लागि संवैधानिक संरक्षण छ

एजेन्सी – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भारतमा सम्पूर्ण समुदायका लागि संवैधानिक संरक्षण भएको बताएका छन्।

भारत एक महान लोकतन्त्र भएको मुलुक रहेको उल्लेख गर्दै बेलायती प्रधामन्त्री जोनसले समुदायहरूको लागि संवैधानिक संरक्षणको सुनिश्‍चितता गरिएको बताएका हुन्।

प्रधानमन्त्री मोदीले भारतमा बढ्दो सांस्कृतिक हिन्दू राष्ट्रवादको अध्यक्षता गरेकोमा भारतले मानवअधिकार समूहहरूको सरोकारबारेको छलफलमा बेलायती प्रधानमन्त्रीले भने, ‘भारतसँगको हाम्रो सम्बन्ध र मानव अधिकार समूहको प्रश्नलाई हामीले कसरी व्यवहार गर्छौं, अवश्य पनि, हामीसँग मानव अधिकार वा लोकतान्त्रिक मूल्यहरूलाई थप बलियो बनाउन छलफल गर्नसक्छौं। हाम्रो मित्रताको फाइदा यो पनि हो कि हामी यस्ता कुराहरुलाई मित्रवत तरिकामा राख्‍न सक्छौं। तर, भारतमा समुदायका लागि संवैधानिक संरक्षण छ भन्ने महसुस गर्नु धेरै महत्त्वपूर्ण कुरा हो।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.