बेलायतमा यौनक्रिया गरिरहेका बेला कार पल्टिएपछि…

बेलायत । बेलायतमा कारभित्रै यौन सम्पर्क गरिरहेका बेला एक जोडी आपतमा परेका छन्।

इंग्ल्यान्डको डर्बिसायरमा एक जोडी प्रेमी–प्रेमिका कारभित्रै यौनक्रीडामा व्यस्त रहेका बेला कार पल्टिएपछि उनीहरुलाई प्रहरीले उद्धार गर्नु परेको थियो।

बेलायती संचारमाध्यम ‘द सन’का अनुसार सुनसान स्थानमा कार रोकेर उनीहरू कारभित्रै यौन सम्पर्क गरिरहेका थिए, त्यही बेला कार पल्टिएको हो।

उनीहरूले कारमा ह्यान्डब्रेक लगाएर यौन क्रिया गरिरहेको तर त्यस क्रममा अचानक ब्रेकबाट हात हटेपछि कार सडकतिर अघि बढ्यो र कोल्टे पर्‍यो।

त्यसपछि प्रहरीले नै उद्धार गरेर उनीहरूलाई कारबाट निकाल्नुपरेको थियो।

डर्बिसायर प्रहरीले त्यो जोडीको उद्धार गरेपछि ट्विटरमा तस्बिर राखेको हो। जसमा कार सडकमा छड्के परेर पल्टेको देखिन्छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.