एजेन्सी । प्रदुषणका कारण चीनको अवस्था नाजुक छ । राजधानी बेइजिङको प्रदुषित हावाको गुणस्तर सबैभन्दा खराब श्रेणीमा छ।
बेइजिङमा शुक्रबार आएको धुलोको आँधीले गगनचुम्बी भवनहरू कुहिरोले ढाकिएका छन् ।
IQAir वेबसाइटले १०९३ मा वायुकाे गुणस्तर रेकर्ड गरेकाे छ । साेही क्रममा सडकमा प्रदूषण फैलाउने सवारी साधनलाई नगर प्रशासनले निषेध गरेको छ ।
मानिसहरु मास्क लगाएर घर बाहिर निस्किरहेका छन् । विषाक्त हावामा साना PM2.5 कणहरू छन्, जुन फोक्सो र रगतमा सजिलै पुग्न सक्छ।
रिपोर्टका अनुसार साइबेरियाबाट आउने शीतलहरका कारण चीनको अवस्था अझ खराब हुने
अनुमान गरिएको छ । बढ्दो शीतलहरका कारण धुवाँसँगै प्रदुषणका कणले चिनियाँ नागरिककाे स्वास्थ्यमा गम्भीर असर गरिरहेकाे छ ।
चीनको हावा यति विषाक्त छ कि भिजिविलिटी २ सय मिटर भन्दा कम भएको छ।
साेही क्रममा चीनले कोइलाबाट चल्ने शक्तिलाई बढावा दिइरहेको छ, जसले सबैभन्दा बढी जलवायु परिवर्तन गर्ने कार्बन उत्सर्जनलाई बढाइरहेको छ। चीन कोइलाको प्रमुख उत्पादक र उपभोक्ता पनि हो।