बास्मती चामल प्रकरण : पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुहिएको चामल रि–पोलिसिङ गरी बिक्रीवितरण गरेको सम्बन्धमा पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन दिएको छ ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको १३८औं बैठकले सो निर्देशन दिएको हो । सभापति श्रीवास्तवले ७ पुसको पत्रबाट कम्पनीलाई कुहिएको चामल रि–पोलिसिङ गरी बिक्रीवितरण गरेको सम्बन्धमा जानकारी माग गरिएकोमा कम्पनीले १४ पुुसमा जवाफ बुझाएको तर जवाफ चित्त बुझ्दो नभएको भन्दै पाँच दिनभित्र थप स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको बताए । उनले समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कम्पनीलाई निर्देशन दिएको जानकारी दिए ।

खाद्य कम्पनीका कर्मचारीको लापर्बाहीले कम्पनीको गोदाममा ४ सय ८७ क्विन्टल बास्मती चामल कुहिएको दुई वर्षअघि नै पाइएको थियो । सो चामल खानयोग्य नहुँदा नष्ट गर्नुपर्ने भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं जिल्ला प्रशासन कार्यालय र कम्पनीकै कर्मचारीको रोहवरमा गोदाममा सिल गरेको थियो ।

सोही कम्पनीले गत भदौ महिनामा कुहिएको बास्मती चामल रि–पोलिसिङ गरी बिक्री गर्न सुर्खेत पठाएको थियो । कम्पनीले ४ सय ८७ क्विन्टल कुहिएको बास्मती चामल रि–पोलिसिङ गरी ४ सय १ क्विन्टल चामल भएकोमा नयाँ चामलमा मिक्स गरी १ हजार ९ सय ९० क्विटल चामल बनाएर सुर्खेत थियो ।

कम्पनीले खाद्य प्रविधि तथा गुणस्तरलाई नै झुक्याउने गरी कुहिएको चामल रि–पोलिसिङ गरी नयाँ बास्मती चामलमा मिक्स गरी पठाएको थियो । खाद्य कम्पनीकै एक उच्च अधिकारीका अनुसार गुणस्तर परीक्षण गर्दा पनि थाहा नहुनेगरी नयाँ चामलमा मिक्स गरेर पठाइएको थियो । कर्मचारीको आन्तरिक मिलेमतोमा कर्णालीका दुर्गम जिल्लामा बिक्री गर्दा थाहा नहुने हुँदा नै सात वर्षअघिको कुहिएको बास्मती चामल सुर्खेत पठाएको थियो । राजधानी दैनिकमा समाचार छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.