बलात्कारकाे आरोपमा एक युवक पक्राउ

गोरखा । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका–६ सातधुरेका ३० वर्षीय राम भन्ने सोमबहादुर बाचे पक्राउ परेका हुन् ।

बाचेले गोरखा सदरमुकामको अस्पतालमार्गस्थित धावा बोर्लाङकोटकाली होटल एण्ड लजको कोठामा लगेर युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । ‘फागुन ८ गते घटना भएको रहेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘११ गते पीडितको जायरी आयो, त्यही दिन हामीले मुद्दा दर्ता गर्‍यौं तर युवक भागेर कालीकोट पुगेको रहेछ ।’

पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटलाई पत्राचार गरिएको र कालिकोट प्रहरीले बाचेलाई १६ गते पक्राउ गरेर गोरखा पठाएको डीएसपी दाहालले बताए । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका बाचेलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.