बर्दियामा ५ दिनमा ३७ सय बढी मानिसलाई कारवाही

मुरली गोडिया
बर्दिया/के तपाईलाई बिना मास्क घुरफिर गर्ने बानी छ ? निषेधाज्ञा जारी रहेका बेलामा अनावश्यक रुपमा घर बाहिर निस्कनु भयो भने प्रहरीको कारबाहीमा परिन्छ । बर्दियामा निषेधाज्ञा उल्लंघन गर्ने ३७ सय भन्दा बढीलाई कारबाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई २ घन्टा होल्ड कारबाही सुरु गरिएको छ । बैशाख २० गते देखी जारी निषेधाज्ञाको अवज्ञा गर्ने ३ हजार ७ सय १४ जनालाई कारवाही गरिएको प्रहरी उपरिक्षक कार्कीले बताए ।

५ दिनको अवधिमा १ हजार १ सय २७ ओटा साइकल, १ हजार १ सय ३७ वटा मोटरसाइकल, १ सय ८२ वटा अटोरिक्सा, र ३ सय २० वटा चार पाङ्ग्रे सवारी साधनलाई २ घण्टा होल्ड गरि कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले १३ वैशाख देखि जिल्लामा लगाएको निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै क्रियाकलापमा रोक लगाएको छ । निषेधाज्ञा वैशाख मसान्तसम्म रहनेछ । बैशाख २२ गते गते वसेको जिल्ला विपद् व्यवस्थापन समितीको बैठकले दैनिक विहान ७ बजे देखी ११ बजे सम्म अत्यावश्य दैनिक उपभोग्य समाग्रीका पसलहरु सुरक्षाका मापदण्डको पालन गरि खोल्न अनुमति दिइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.