बम्बईमा लगेर दुई युवतीलाई बिक्री गर्ने एक पुरुष पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले २८ वर्षअघि हिराको व्यापार गर्न भन्दै भारतमा लगेर दुई युवतीलाई बिक्री गर्ने एक पुरुषलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले सोमबार भक्तपुरमा ६८ वर्षीय रामशरण पण्डित (क्षेत्री)लाई पक्राउ गरेको हो।

२०४९ सालतिर ठमेल क्षेत्रमा होटल तथा लजका निम्ती गाडी चलाउने रामशरणले त्यतिबेला बालाजु क्षेत्रका २० वर्षमुनिका दुई युवतीलाई बम्बईको कोठीमा ३५ हजार भारुमा बेचेको अभियोग थियो ।

पण्डितले २०४९ वैशाखमा १२ दुई युवतीलाई कलङ्कीबाट वीरगन्ज हुँदै भारत पुर्‍याएका थिए। उनले भारतमा हिराको व्यापार गर्न भन्दै लगेर कोठीमा बेचेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि बेचिएकी एक युवतीले एक पन्जाबी ग्राहकको सहयोगमा हुलाक मार्फत नेपालमा रहेका आफन्तलाई पत्र पठाएकी थिइन् ।

हिराको अवैध ओसारपसारको काममा लगाइदिने र एक पटक हिरा लुकाइछिपाई हिराको सिमापार गराएबापत ६ हजार भारु पाइने प्रलोभनमा पारेर उनले ती युवतीलाई बम्बई पुर्‍याएका थिए । बेचिएकी अर्की युवती भने अझै प्रहरीको सम्पर्कमा आएकी छैनन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.