प्रशान्त क्षेत्रमा असफल भएपछि नौसेना अखडा बनाउन कम्बोडिया घुस्यो चीन

काठमाडौं । प्रशान्त महासागरमा असफल भएपछि चीनले अब कम्बोडियामा गोप्य नौसेना आधार निर्माण गर्न खोजेको छ । आफ्नो सैन्य प्रभुत्व बढाउने भूत चढेको चीनले प्रशान्त महासागरको झैं हालत नहोस् भनेर आसियान राज्य अन्तर्गतको समर्थक कम्बोडियालाई चयन गरेको देखिन्छ ।

आफूलाई विश्वव्यापी शक्तिका रुपमा प्रस्तुत गर्न खोजिरहेको चीनका लागि यो कदम महत्वपूर्ण हुन सक्ने मिडिया रिपोर्टले जनाएको छ । यद्यपि नयाँ सैन्य अखडा निर्माण गर्ने सम्भावनालाई चिनियाँ र कम्बोडिया दुवै सरकारले अस्वीकार गरेको छ ।

तर पश्चिमी अधिकारीहरुले वासिंगटन पोस्टलाई भने अनुसार चीनले थाइल्याण्डको खाडीमा रहेको रेम नौसेना आधारमा आउने संकेत गरेको छ । रेम नौसेना आधार अहिले कम्बोडियाली सेनाले अपरेट गरिरहेको छ ।

दक्षिणपूर्वी एसियामा चीनको सैन्य उपस्थिति विस्तार गर्ने यो सैन्य बेसको निर्माण केही दिनमै शुरु हुने बताइएको छ । कम्बोडियाको यो आगामी आधारले मलाक्का स्ट्रेट नजिक चिनियाँ सैन्य प्रभाव पनि बढाउने ठानिएको छ। भारत र प्रशान्त महासागरलाई जोड्ने भएकाले मलाक्का स्ट्रेट विश्वव्यापी व्यापारको प्रमुख चोकपोइन्ट हो।

‘हाम्रो मूल्याङ्कनमा इन्डो प्यासिफिक चीनका नेताहरूका लागि महत्त्वपूर्ण हिस्सा हो, जसले इन्डो प्यासिफिकलाई चीनको अधिकारपूर्ण र ऐतिहासिक प्रभाव क्षेत्रको रूपमा हेर्छन्। उनीहरूले त्यहाँ चीनको उदयलाई बहुध्रुवीय संसारतर्फको विश्वव्यापी प्रवृत्तिको एक हिस्सा मान्छन् । जहाँ प्रमुख शक्तिहरूले आफ्नो कथित प्रभावको क्षेत्रमा उनीहरूको चासोलाई बलपूर्वक जोड दिन्छन्’, एक पश्चिमी अधिकारीले भनेका छन्।

रेम आधार विस्तारको समारोह यसै साता हुने तर त्यहाँ सैन्य सुविधाको कुनै कुरा उल्लेख नहुने बताइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.