प्रयाङ्कको नाममा गोप्य भिडियो बनाएर अपलोड गर्ने युवक पक्राउ

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोले प्रयाङ्कको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीले मंगलबार नेपाली प्रयाङ्कस्टर्स युट्यब च्यानलमा भिडियो राख्ने झापाका आकाश सेडाईलाई पक्राउ गरेको हो।

ब्यूरोका अनुसार उनले प्रयाङ्कको नाममा सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा गर्दै शारीरिक र मानसिक सास्ती दिने, गोप्य भिडियो बनाएर युट्युबमा अपलोड गर्ने कार्य गर्दै आएका थिए।

उनी हाल भक्तपुर कौशलटारमा बस्दै आएका थिए। ब्यूरोका अनुसार सेडाईलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर फागुन ३ गते पक्राउ गरिएको हो।

अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गृह मन्त्रालयले यसअघि एक सूचना जारी गर्दै व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारवाही गर्ने चेतावनी दिएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.