पूर्वी लद्दाखमा चिनियाँ ड्रोनको जासुसी

एजेन्सी। भारत र चीनबीच गत वर्षदेखि तनाव जारी छ। पूर्वी लद्दाखको विवादित क्षेत्रमा चिनियाँ ड्रोनको गतिविधि जारी रहेको भारतीय संचारमाध्यमहरुले आरोप लगाएका छन्। चिनियाँ ड्रोनले उक्त क्षेत्रमा जासुसी गरिरहेको वताइएको छ।

चिनियाँ ड्रोन गतिविधिको हट स्प्रिंग्स र गोगरा हाइट्स क्षेत्रहरु नजिकबाट निगरानी गरिएको छ, जहाँ चीन २०१२ -२०१३ देखि आफ्नो गतिविधिहरुलाई बढाउँदै आएको छ। जे होस्, लामो वार्तापछि, उनीहरु ३ क्षेत्रहरुबाट फिर्ता भएका थिए ।

चीन आफ्नो सैनिकहरुलाई लामो समय सम्म टिकाउने उद्देश्य अन्तर्गत ठूलो मात्रामा निर्माण गतिविधिहरुमा संलग्न छ। लगभग सबै सैन्य शिविरहरुमा आफ्ना सैनिकहरुलाई राख्नको लागि कंक्रीट संरचनाहरु सम्म बनाइएका छन्।

चिनियाँ सैनिकहरुलाई यी ठाउँहरुमा अत्यधिक जाडोका अलवा धेरै समस्याहरुको सामना गर्नु परेको छ । भारत र चीनका सैनिकहरुबीच सिक्किमको नाकुला र लद्दाखको पूर्वी क्षेत्रसंघर्श भएको थियो । चिनियाँ सेनाले लद्दाखको भारत-चीन सीमा क्षेत्रको उच्च उचाई क्षेत्रहरुमा अत्यधिक चिसोको सामना गर्नु परेको थियो, तर उनीहरु पछि हटेनन्।

यसैबीच, आजादीको अमृत महोत्सवको अवसरमा, राज्यपालले राइफलमैन जसवंत सिंह रावतलाई श्रद्धान्जली दिएका छन् । अरुणाचल प्रदेशका राज्यपाल, ब्रिगेडियर (डा) बी.डी. मिश्रले (सेवानिवृत्त) जसवंत गढ युद्ध स्मारकमा माल्यार्पण गरे । उनले भारत-चीन युद्धका युद्ध नायकहरुलाई सम्मान व्यक्त गरे।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.