पाकेटमार र चोरी कार्यमा संलग्न दुई युवती पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कंलकीलले लामो समयदेखि काठमाडौँमा पाकेटमार र चोरी कार्यमा संलग्न दुई महिला पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।

उनीहरुलाई पकेट मार्दै गर्दा कलंकीबाट पक्राउ गरिएको कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले जानकारी दिईन्। उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको खड्काले बताईन्।

प्रहरीका अनुसार उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न रहेका थिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको को छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.