एजेन्सी । भारतमा मुस्लिम सामुदायमाथि अत्याचार भएकाे झुटो प्रोपोगेण्डा फैलाउने पाकिस्तान एक कदम अगाडि रहेको छ। पकिस्तानमा हिन्दु समुदायमाथि भइरहेको अत्याचार कसैबाट लुकेको छैन। यस्तै एउटा घटना बाहिर आएको छ। जसले पकिस्तानको पोल खाेलेको छ।
पाकिस्तानको सिन्ध प्रान्तमा एक प्रहरीले नाबालिग हिन्दू केटीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म अँगाल्न लगाइ विवाह गर्यो। गुप्तचर स्रोतका अनुसार नाबालिग केटीको नाम नीना कुमारी रहेको छ।
टाइम्स अफ इंडियाका अनुसार नीनाको बुबाको नाम रमेशलाल हो। यो परिवार सिन्ध प्रान्तको नौशाहर जिल्लामा बसोबास गर्छ। गुलाम मारुफ कादरी नामक प्रहरीले नीनालाई अपहरण गरेको थियो। ती प्रहरीलाई उक्त क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यकको सुरक्षाका लागि खटाइएको थियो।
नाम न छाप्ने सर्तमा सिन्धका एक हिन्दू नेताले भने कि नीना पछिल्लो ५ दिनदेखि हराइरहेकी थिइन। जब नीना स्कूलबाट फर्किइनन्, उनको परिवारले उनलाई खोज्ने प्रयास गर्यो र उनीहरूले अपहरणको बारेमा थाहा पाए।
अखिल पाकिस्तान हिन्दू पञ्चायतका अनुसार कादरीले ११ फेब्रुअरीमा नीनाबाट जबरजस्ती इस्लाम धर्म परिवर्तन गराएर विवाह अघि उनको नाम मारिया राखे। उनले पीडितसँग कराचीमा विवाह गरे।
सोशल मिडियामा शेयर गरिएको विवाह प्रमाणपत्रमा प्रहरी जवानको जन्म मिति मात्र लेखिएको छ र नीनालाई १९ बर्षमा भनिएको छ, जबकि नीनाको परिवारले छोरी नाबालिग रहेको बताएका छन्।
सिन्धका हिन्दू नेताले भने,’यस केस पछि हामी हाम्रो सुरक्षामा रहेको पुलिसलाई विश्वास गर्न सक्दैनौं, न त हामी सरकारलाई हाम्रो मन्दिर नजिकैको सुरक्षा बढाउन आग्रह गर्न सक्छौं।’