पाकिस्तानमा चिनियाँ राजदूत लक्षित बिष्फोट

काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा चिनियाँ राजदूतलाई लक्षित गरी ठुलो बिष्फोट भएको छ। विष्फोटको जिम्मा तालिवानले लिएको छ । क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ ।

बलुचिस्तान क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ र त्यसको विरोध पृथकतावादी समूहले गर्दै आएको छ । त्यसैले यो आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत लक्षित हुनसक्ने स्थानीय मिडियाका रिपोर्टरहरुले बताएका छन् ।

क्वेटा शहरमा अवस्थित होटलमा भएको विष्फोटमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको थियो । सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विष्फोटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.