एजेन्सी । पाकिस्तानको रावलपिंडी शहरमा एक सय वर्ष भन्दा बढी पुरानो एक हिन्दू मान्दिरमाथि अज्ञात समुहले आक्रमण गरेको छ।
प्रहरीलाई प्राप्त उजुरीपछि यस घटनाको खुलासा भएको हो। यस मन्दिरको जीर्णोद्धारको काम चालिरहेको छ। उजुरीका अनुसार शनिबार साँझ साढे सात बजे शहरको पुरानो किला क्षेत्रमा १० देखि १५ जनाको समूहले मन्दिरमा हमला गरेर क्षति पुर्याए।
‘डॉन’ अखबारको समाचारका अनुसार इभ्याकुए ट्रस्ट सम्पत्ति बोर्ड (ईटीपीबी) उत्तर क्षेत्र सुरक्षा अधिकारी सय्यद रजा अब्बास जैदीले रावलपिंडीको बन्नी पुलिस स्टेशनमा उजुरी गरेकी छिन । मन्दिरको निर्माण र मर्मतसम्भारको काम चलिरहेको छ।
उनले भने कि मन्दिरको अगाडि केही भागमा क्षति पुगेको छ। क्षति पुगेको भागलाई २४ मार्चमा हटाइएको थियो। धार्मिक गतिविधि मन्दिरमा शुरू भएको छैन न त त्यहाँ कुनै मूर्ति पूजा गर्न राखिएको छ।
उनले मन्दिर र त्यसको पवित्रतालाई हानी पुर्याउनेमाथि कारवाहीको लागि माग गरेकी हुन। अतिक्रमण गर्नेहरुले मन्दिरको आसपास पसल र खाली जग्गा लामो समयदेखि कब्जा गरेको छन।