नेप्सेको सीइओका लागि तीन जनाको नाम छनोट, कसले मार्ला बाजी?

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट)मा राखिएको छ।

छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो । पाँच जनामध्ये छनोट समितिले रमेश भण्डारी र कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सिफारिस गरेको हो।

उक्त पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका थिए । यसअघि ११ जना आवेदकहरुबाट पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो । सिफारिस समितिले पहिलो चरणमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारीलाई छनोट गरेको छ।

अब तीन जनामध्ये एक जनाको सीईओको लागि अन्तिम नाम छनोट हुनेछ। अब उनीहरुको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ।

उक्त पदका लागि नेप्सेका निमित्त सीईओ निरञ्जन फुयाल, नेप्सेकै प्रवीण पन्दाक, रमेशकुमार भट्टराई, रमेश धिमिरे, छविराज पन्त, गोविन्द दाहाल, केशवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद प्याकुरेल, जीवन अमगाई, कृष्णबहादुर कार्की र दिपक गौतमले आवेदन दिएका थिए।

सरकारले ती मध्ये एक जनालाई आगामी चार वर्षका लागि नेप्सेको सीईओमा नियुक्त गर्नेछ। नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएर बाहिरिएका थिए।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.