नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न

काठमाडौं : नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक फाल्गुण २५ देखि २९ गतेसम्म नेपालमा आयोजना गरिएको थियो।

बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सहअध्यक्षतामा बैठक सम्पन्न भएको भारतीय राजदूतावासले जनाएको छ।

संयुक्त समितिले नेपाल–भारत सीमाक्षेत्रका विभिन्न स्थलगत भ्रमण गर्नुका साथै सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरको भारतीय दूतावासले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.