नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको भएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ८७६ जना पिअिसार परीक्षण गर्दा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टीजेन परीक्षण गर्दा ५६१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २२५ जना संक्रमितको मृत्यु भइसकेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.