नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ हजार १७ जना मुक्त भएका छन्।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका हुन्। यससँगै अहिलेसम्म ६ लाख १ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्।

मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९३.७ प्रतिशत रहेको छ।

पछिल्लो २४ घन्टामा १० हजार ९ सय ८५ जनामा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सो अवधिमा संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.