नेपालमा कसलाई लगाइन्छ कोरोनाविरुद्धको पहिलो खोप?

काठमाडाैं । नेपालमा कोरोना भाइरस (काेभिड–१९) विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएका छन् ।

बुधबार बिहान १० बजेबाट सुरु हुने खोप अभियानअन्तर्गत आफूले नै पहिलो खोप लगाउने डा. राजभण्डारीले जानकारी दिए । उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउनेछन् । खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको उनले बताए ।

उनेले भने, ‘खोपले कुनै असर पो गर्छ कि भन्ने डर अहिले सामान्य नागरिकसँगै कतिपय स्वास्थ्यकर्मीहरूमा पनि छ, यस्तो बेलामा यो खोप सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ, त्यसैले मैलै पहिलो खोप लगाउने निर्णय गरेको हु, मसँगै हाम्रो अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले पनि खोप लगाउनेछन् ।, कोरोनाविरुद्ध सुरुवातदेखि अग्रपङ्क्तिमा रहेका मानिसले खोप लगाउँदा अरूलाई पनि खोपप्रतिको डर हराउँछ भन्ने लागेको छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.