नेकपा एसका सांसदले पनि आफूलाई विश्वासको मत दिने अष्टलक्ष्मीको दाबी

बर्दिबास । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी) का सांसदबाट पनि आफूले विश्वासको मत पाउने बताएकी छन् ।महोत्तरीको बर्दिबासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले आफू नेकपा एस अध्यक्ष माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेकोसमेत तर्क गरिन् ।

‘म माधव कमरेडकै सहयोगमा मुख्यमन्त्री बनेको हुँ । तसर्थ सो पार्टीका माननीयज्यूहरूबाट पनि विश्वासको मत पाउनेमा म ढुक्क छु,’ उनले भनिन् । नेकपा एसले साथ नदिएका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ छ ।

नेकपा एमालेलाई स्थापित गर्न र मजबुत बनाउनमा माधव नेपालको महत्वपूर्ण योगदान रहेको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन् । शाक्यले नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताइन् । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान र स्वार्थ छोड्नुपर्ने उल्लेख गरिन् ।

बिहीबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पनि उनले नेपालले नयाँ पार्टी खोल्नु उचित नभएको टिप्पणी गरेकी थिइन् ।एमाले उपाध्यक्षसमेत रहेकी शाक्य २ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी हुन् । एमालेभित्र तत्कालीन अवस्थामा विवाद उत्पन्न हुँदा शाक्य नेपाल पक्षमा थिइन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.