काठमाडाैं । नेपाल वायूसेवा निगममा वरिष्ठ सहायक पदमा कार्यरत कर्मचारी ऋषिकेश पन्थीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
पन्थीले आफ्नै निजी प्रयासमा विद्यावारीधीको अध्ययन गर्न जाँदा छलकपट ढंगले झुक्याइ ३ वर्ष बेतलबी बिदा लिनु पर्नेमा तलवी विदा लिई निगमलाई हानी नोक्सानी पुर्याएको विषयमा अख्तियारले छानविन शुरु गरेको हो।
उनी सरकारीकाेटाबाट विद्यावारीधी नगरी निजी प्रयास तीन वर्ष तलबी बिदा लिएर विद्यावारीधी गरेका हुन् । तर सरकारी काेटाबाट अध्ययन गर्दा मात्र तलबी पाइने कानुनी व्यवस्था छ ।
पद र शक्तिको दुरुपयोग गरी निगम व्यवस्थापनलाई धम्की देखाइ नियम विपरीत गैरकानुनी रुपमा निर्णय गराई अध्ययनमा ३ वर्ष घर बसी निगमबाट तलव सुविधा समेत लिइ भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेछपछि छनविन सुरु भएको हो।
अध्ययन विदामा ३ वर्ष घर वसेका उनको सेवा अवधी समेत नजोडिने विनियममा प्रष्ट हुँदाहँुदै निगम व्यवस्थापनले चोर बाटोबाट वढुवा गरेको भनी समेत उजुरीमा उल्लेख छ ।
उनले आफ्नै निजी प्रयासमा अध्ययन गर्न जादा निगम कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ११८ (२) बमोजिम वेतलवी विदा मात्र पाउने अवस्थामा सो को वर्खिलाफ हुनेगरी विनियम ११८ (१) बमोजिम तलवी अध्ययन विदा लिई निगमलाइ हानी नोक्सानी पुर्याएकोले निजलाइ भ्रष्टाचार निवारण ऐन, २०६४ कारवाही गर्न उजुरीमार्फत माग गरिएको छ ।
साथै पन्थीले गैरकानुनी रुपमा लिएको ३ वर्षको तलव र सो को विगो बमोजिम हर्जाना तिराइ हदैसम्मको कारवाही गर्न समेत उजुरीमा उल्लेख छ। उनी निगमका एमाले निकट कर्मचारी यूनियनका वरिष्ठ उपाध्यक्ष र पेशागत महासंघको कार्यालय सचिवसमेत रहेका छन् ।
