नर्भिक अस्पतालले भन्यो : वसन्त चौधरीको स्वास्थ्य अवस्था गम्भीर छैन

काठमाडौँ । दुबईमा रहेका वसन्त चौधरीको स्वास्थ्य अवस्था गम्भीर नभएको नर्भिक अस्पतालले जनाएको छ । निजी प्रयोजनका लागि चौधरी दुबई पुगेको भएपनि हृद्यघात भएको र अवस्था गम्भीर रहेको भन्ने आशयका खबरमा सत्यता नभएको भन्दै अस्पतालले सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेको छ ।

‘नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं ।’

यद्यपी अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे धेरै खुलाएको छैन । ‘उहाँ निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौं’, नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार बेलूकी दुबईमा रहेको चौधरीलाई हृद्यघात भएको र शल्यक्रियाको तयारी भइरहेको समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.