देशभर मौसममा बदली

काठमाडौँ । देशभरको मौसम आज पनि सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले मौसम प्रभावित भएको हो ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैबिच प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.