देउवाका ज्योतिषीको सेयर बजार भविष्यवाणीः यी हुन् ७ देखि १४ गतेसम्म धेरै धन कमाउने राशि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेश चन्द्र रिजाल पछिल्लो समय निकै व्यस्त ज्योतिषी हुन्। देउवाबारे धेरै भविष्यवाणी मिलाएर चर्चा कमाएका उनी कहाँ चर्चित राजनीतिज्ञसँगै व्यापारीहरु पनि धाउने गर्दछन्।

सामाजिक संजालमा उनले आफ्नो भविष्यवाणीहरु राखिरहेका हुन्छन्। नेपालमा ज्योतिष विज्ञानका सेलिब्रिटी भइसकेका उनले पछिल्लो समय सेयर बजारबारे पनि भविष्यवाणी गरेका छन्।

उनले असोज ७ गतेदेखि १४ गतेसम्म तल उल्लेखित राशि भएकाहरुले धेरै धन कमाउने बताएका छन्। पढौं उनै सुरेश चन्द्र रिजालको रोचक भविष्यवाणी उनकै शब्दमाः

‘धन अर्थात् लक्ष्मी प्राप्तिका लागि ७ दिन यी उल्लेखित राशिमा जन्मिएका व्यक्तिहरुका लागि विशेष धनलक्ष्मी प्राप्तिको योग बनेको छ। १६ दिनको महालक्ष्मी व्रत पनि यसैसाता सकिँदै छ। केही राशिमा जन्मिएका मानिसहरुले भने यो साता धेरै संघर्षपछि पनि थोरौमात्रै लक्ष्मी प्राप्तिको संयोग जुर्नेछ।

कर्कट, कन्या तथा मीन राशिमा जन्मिएका मानिसहरुले यो साता आफ्नो निर्णयमा गरिएको लगानीबाट विशेष धन कमाउने योग निर्माण भएको छ। अतः आफ्नो ईच्छा अनुसार गरिएको लगानीबाट उनीहरुलाई लाभ मिल्ने छ।

मेष, मिथुन, तुला तथा धनु राशिमा जन्मिएका मानिसहरुले अरुको सल्लाह अनुसार गरिएको लगानीबाट नोक्सानीको सामना गर्नुपर्ने योग रहेको छ। यी चार राशिमा जन्मिएका मानिसहरूले यो साता अरुको सल्लाहअनुसार कारोबार नगर्दा नै फाईदा हुने देखिन्छ।

सिंह, मकर तथा कुम्भ राशिमा जन्मिएका मानिसहरुले यदि यो साता हिम्मत गरेर लगानी गरेमा सोचेभन्दा दुईगुना फाईदाको योग रहेको छ। तर सबै कारोबार यी राशिका मानिसले गोप्यरुपमा राख्नु पर्नेछ।

बृष तथा बृश्चिक राशि हुनेहरुका लागि भने यो साता दोधार दोधारमा नै समय खेरजाने योग रहेको देखिन्छ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.