काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बीचमा शुक्रबार टेलिफोन संवाद भएको छ ।
उच्च सैनिक स्रोतका अनुसार थापाले एक महिनापछि अवकाश पाउन लागेको र त्यसको एक महिनाअघि नै नियमित बिदामा बस्न लागेपछि भारतीय समकक्षी नरवणेसँग टेलिफोन संवाद भएको हो ।
टेलिफोन संवादमा द्विपक्षीय सुरक्षा सहकार्यको विषयमा छलफल भएको भारतीय सेनाले ट्वीटरमार्फत जानकारी दिएको छ । नेपाली सैनिक स्रोतले भने दुई मुलुक बीचको सुरक्षा सहकार्यका साथै परम्परागत रुपमा अवकाश लिनुअघि भारतीय समकक्षीसँग संवाद भएको बताएको छ ।
दुई मुलुकको परम्पराअनुसार थापा भारतीय सेनाका मनार्थ महारथी हुन् भने नरवणे नेपाली सेनाका मानार्थ महारथी हुन् ।