दलाई लामा चीनसँग तिब्बतको समस्याबारे कुरा गर्न तयार

काठमाडौ । बौद्ध धर्मगुरु दलाई लामाले तिब्बतको समस्याबारे चीनसँग खुलेर कुरा गर्न आफू तयार रहेको बताएका छन् । अब चीनले तिब्बतका जनताको साहस महसुस गर्दै आफूलाई सम्पर्क गर्ने प्रयास गरेको समेत धर्मगुरु लामाले उल्लेख गरे ।

भारतको हिमाञ्चलस्थित धर्मशालामा पत्रकारहरूसँग कुरा गदैृ धर्मगुरु लामाले भने, “तिब्बतको समस्या समाधान गर्न चीनका नेताहरूले मलाई सम्पर्क गरिरहेका छन्। तिब्बत धेरै वर्षदेखि चीनको अधीनमा रहेको छ । हामी पूर्ण स्वतन्त्रता चाहन्छौं। चीनले तिब्बतप्रति दमनकारी नीति अपनाएको छ। तर अब चीन आफ्नो गल्ती सच्याउन चाहन्छ । चीन अहिले परिवर्तन हुँदैछ ।”

धर्मगुरु लामाले अगाडि भने, “न म चीनसँग रिसाएको छु, न त तिब्बतप्रति दमनकारी मनोवृत्ति अपनाएका नेताहरूसँग । चीन ऐतिहासिक रूपमा बौद्ध राष्ट्र हो। त्यहाँ रहेका बौद्ध गुम्बा र मन्दिरहरु यसको प्रमाण हुन् । मैले ती गुम्बा र मन्दिरको पनि भ्रमण गरेको छु ।”

दलाई लामाले तिब्बती संस्कृति र धर्मको ज्ञानले सम्पूर्ण विश्वलाई फाइदा पुग्ने पनि बताए । “म अरू धर्म र तिनीहरुको परम्परालाई पनि सम्मान गर्छु । म संसारभरका मेरा सबै अनुयायीहरूलाई प्रेम र करुणा फैलाउन सन्देश दिन्छु। दलाई लामाले भने कि मलाई लाग्छ म १०० वर्ष भन्दा बढी बाँच्नेछु। तपाइँहरूले दीर्घायुका लागि कामना गर्नुस् ।” (एजेन्सी)

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.