तालिबानले लगायो मिडियामाथि प्रतिबन्ध

काठमाडौं । तालिबानको सूचना तथा संस्कृति मन्त्रालयले मिडिया रिपोर्टिङमा प्रतिबन्ध लगाएको छ। तालिबानले मिडियालाई इस्लामविरुद्ध कुनै प्रकारको रिपोर्टिङ गर्न नपाइने बताएको छ ।

साथै तालिबान नेतृत्वको आलोचना गर्न पनि नमिल्ने बताएको छ । तालिबानले पहिले नै महिला पत्रकारहरुलाई काम गर्न प्रतिबन्ध लगाएको छ। यस बाहेक, तालिबानले ७००० पत्रकारहरुलाई कैद गरेको छ।

अफगानिस्तानको महिला अधिकारकर्मीले विश्वबाट सहयोगको अपील गरेपछि तालिबान शासन मारमा परेको छ। अफगानिस्तान महिलाहरुलाई न त एक्लै घरबाट बाहिर जान दिइन्छ न त उनीहरु घर भित्र सुरक्षित हुने विश्वास छ।

यसैबीच, केहि महिलाहरु साहस जम्मा गरेर तालिबानसँग आफ्नो अधिकारका लागि विरोध गरेका छन । तर तालिबान लडाकुहरुले उनीहरुलाई राइफलको बटले पिट्ने गरेका छन त कहिले हावामा गोली चलाएर महिलाहरुलाई डराउँने गरेका छन।

यसैबीच, वरिष्ठ महिला अधिकारकर्मी मेहबुबा सिराजले अन्तर्राष्ट्रिय समुदायलाई अफगान महिलाहरुलाई सहयोग गर्न आह्वान गरिरहेकी छिन्। पाझोक अफगान न्युजका अनुसार जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४८ औं बैठकमा सिराजले विश्व समुदायलाई अफगानिस्तानको महिलाहरुको अवस्थाको बारे बोल्दै भनेका छन ‘त्यहाँको महिला मामिला मन्त्रालयमा कुनै महिला उपस्थित छैनन्। यसबाट अनुमान लगाउन सकिन्छ कि त्यहाँको स्थिति कस्तो छ र भविष्यमा कस्तो हुनेछ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.