ताइवानको ४० वर्ष पुरानो १३ तले भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४१ घाइते

एजेन्सी । ताइवानको दक्षिणी क्षेत्रस्थित करिब ४० वर्ष पुरानो एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । साथै ४१ जना घाइते भएका छन्।

बिहीबार बिहान ३ बजे ताइवानको काओसिउङ सहरस्थित १३ तले भवनमा अचानक आगलागी भएको हो ।

प्राप्त समाचारका अनुसार आगलागीपछि घटनास्थलबाट ३२ जनाको शव सीधै शवगृहमा लगिएको थियो । साथै ५५ जना घाइतेलाई अस्पताल लगिएको थियो।

स्थानीय टेलिभिजनमा देखाइएको उक्त आगलागीको भिडियोमा आगो लागिरहेको दृश्य देखिन्छ ।घटनापछि उद्वारका लागि एम्बुलेन्ससहित ठूलो संख्यामा अग्नि नियन्त्रकहरु खटाइएको समाचारहरुले जनाएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.